काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२७ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। उपसभामुखको निर्वाचनमा नेकपा (एमाले) तटस्थ बस्ने भएको छ। प्रतिनिधिसभाको बैठकमा उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावमा एमाले सांसद ईस्तियाक राईले पार्टी यस विषयमा तटस्थ रहने बताएका हुन्।

“सदनमा आपसी सहकार्य र एकरुपता हुन नसकेको र निर्वाचनमा जाने भएकाले हाम्रो पार्टी तटस्थ बस्ने जानकारी गराउन चाहन्छु,” उनले भने ।

उनले सत्तारुढ रास्वपाले समर्थन गरेकाले श्रम संस्कृतिकी रुवीकुमारी ठाकुर उपसभामुख बन्ने निश्चित भएको बताए।