काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुवीकुमारी ठाकुरका पक्षमा मतदान गर्ने निर्णय गरेको छ।
२९ चैत दिउँसो सिंहदबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले ठाकुरलाई मतदान गर्ने निर्णय पारित गरिएको रास्वपाका प्रवक्ता एवं सांसद मनिष झाले जानकारी दिए।
“राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनमा श्रम संस्कृति पार्टीको तर्फबाट प्रस्तावित उम्मेदवार रुवीकुमारी ठाकुर (धनुषा) लाई मतदान गर्न संसदीय दलको बैठकले पारित गरेको छ,” झाले भनेका छन्।
आजै अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट उपसभामुख चयन गरिनेछ। उपसभामुखमा श्रम संस्कृतिकी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सरस्वती लामाले उम्मेदवारी दर्ता गराएका छन्।