काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो १ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने पार्टीका महामन्त्री तथा सांसद कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्।
बैठकमा प्रतिनिधिसभाको उपसभामुख निर्वाचन तथा अन्य समसामयिक विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ। उपसभामुख चयनअघि रणनीति तय गर्न दलको बैठक बस्न लागेको हो।
आजै अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट उपसभामुख चयन गरिनेछ। उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सरस्वती लामा ले उम्मेदवारी दर्ता गराएका छन्।
रास्वपाले श्रम संस्कृति पार्टीकी उम्मेदवार रुवीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय यसअघि नै सार्वजनिक गरिसकेको छ।