काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२७ चैत्र २०८२
अ+
अ-

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ को संस्करण अन्तर्गत लखनउ सुपर जायन्ट्सले कोलकाता नाइट राइडर्सलाई ३ विकेटले पराजित गरेको छ।

कोलकातास्थित इडेन गार्डेनमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकता नाइट राइडर्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८१ रन बनाएको थियो। जवाफी ब्याटिङमा आएको लखनउ सुपर जायन्ट्सले ७ विकेटको क्षतिमा अन्तिम ओभरको अन्तिम बलमा लक्ष्य पूरा गर्दै जित दर्ता गरेको हो।

लखनउका लागि मुकुलले २७ बलमा ७ छक्का र ३ चौकासहित अविजित ५४ रनकाे याेगदान गरे। यस‌ैगरी, आयुष बदोनीले ५४, एडेन मर्करमले २४, निकाेलस पुरनले १४ र कप्तान ऋषभ पन्तले १४ रन बनाए।

कोलकाताका लागि वैभव अरोरा र अनुकुल रोयले २–२ तथा कार्तिक त्यागी, क्यामरुन ग्रीन र सुनिल नारायणले १–१ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ४ विकेट गुमाएर १८१ रनएको याेगफल तयार पारेकाे थियो।

काेलकाताका लागि अंगकृश रघुवंशीले ४५ कप्तान अजिन्क्या रहानेले ४१, रोभमन पावेल अविजित ३९ र क्यामरुन ग्रीनले अविजित ३२ रन बनाए।

लखनउका लागि प्रिन्स यादव, मनिमरन सिद्धार्थ, मोहम्मद शामी र आवेश खानले १–१ विकेट लिए।