काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२७ चैत्र २०८२
तस्बिर : क्यान
अ+
अ-

काठमाडौं। नेपालले यूएईसँग दुई टी-२० आई प्रतियोगिता खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाल र यूएईबीच २० अप्रिल (वैशाख ७) र २१ अप्रिल (वैशाख ८) गते दुई टी-२० म्याच हुन लागेको हो।

दुबै खेल कीर्तिपुरस्थित टीयू मैदानमा हुनेछ । आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलाअघि नेपालले यूएईसँग दुई खेलको टी-२० म्याच खेल्न लागेको हो ।

नेपालसहित यूएई र ओमान सहभागी सिरिज अप्रिल २५ बाट सुरू हुनेछ ।