काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२७ चैत्र २०८२
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल। तस्बिर : बिक्रम राई
अ+
अ-

काठमाडौँ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब एउटा यात्रुको बिदाइ तथा स्वागतका लागि तीन जनामात्रै जान पाइने भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले एक सूचना जारी गरी आफन्तको बिदाइमा विमानस्थलमा तीनजनाभन्दा बढी नजान आग्रह गरेको हो।

विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवाका उडानको संख्या बढ्दो क्रममा रहेकाले हवाई यात्रुको संख्यामा पनि वृद्धि भइरहेको र बिदाइका लागि आउँदा भीड बढ्ने प्राधिकरणले जनाएको छ।

“कतिपय अवस्थामा एकजना यात्रुका लागि दशौँ आफन्तजन स्वागत तथा बिदाइका लागि विमानस्थलमा आउने गरेकाले यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हाताभित्रको सीमित स्थानका कारण अत्यधिक भिडभाड हुने गरेको छ,” जारी सूचनामा भनिएको छ।