काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई हजार दुई सय रुपैयाँले बढेर दुई लाख ९६ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ९४ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी ८५ रुपैयाँले बढेर तोलामा चार हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार चाँदी तोलामा चार हजार आठ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।