काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ हाजिरी जमानीमा छुटेका छन्।
उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रबार हाजिरी जमानीमा छोडेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए। उनलाई परिवारको जिम्मा लगाएको छ।
अमेरिका बस्ने एक युवतीले बलात्कारको आरोप लगाएपछि प्रहरीले उनलाई चैत २१ गते पक्राउ गरेको थियो।