नुवाकोट। नुवाकोटको बेलकोटगढी नगरपालिका ९‚ नलगाउँमा रुख काट्ने क्रममा एकजनाको मृत्यु भएको छ।
आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए।
घटनामा दुईजना घाइते भएका छन्। घाइते हुनेमा ३७ वर्षीय अरुण तामाङ र ३३ वर्षीय माधव भुजेल छन् । उनीहरूको त्रिशूली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था चिन्ताजनक छ।