काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२८ चैत्र २०८२
अ+
अ-

इस्लामाबाद। इरान र अमेरिकाबीचको युद्धविराम वार्तामा लेबनानलाई पनि समावेश गर्नुपर्ने पाकिस्तानले बताएको छ।

पाकिस्तानका योजना तथा विकासमन्त्री अहसान इकबालले बीबीसीलाई यसबारे बताएका हुन्। उनले बीबीसीकव एक कार्यक्रममा भनेका छन्‚ “पाकिस्तान युद्धविराम क्षेत्रीय स्तरमा हुनुपर्छ भन्ने विश्वास गर्दछ। आशा गर्दछ कि इजरायलले यो ऐतिहासिक अवसरमा बाधा पुर्‍याउने छैन।”

इजरायलले जिम्मेवार भूमिका खेल्ने उनको भनाइ छ। उनले भने, “हाम्रो क्षेत्रको कुनै पनि भागमा रक्तपात हुन दिन सक्दैनौँ जबकि अर्को भागमा वार्ता जारी छ। मलाई विश्वास छ कि इजरायलले अझ जिम्मेवार भूमिका खेल्नुपर्छ र यी वार्ताहरू अगाडि बढ्नुअघि फाइदा उठाउने प्रयास गर्नु हुँदैन।”

इकबालले भनेका छन् कि- पाकिस्तानले दुई पक्षलाई एकसाथ ल्याउन हरसम्भव प्रयास गर्नेछ ताकि तिनीहरू ‘सम्झौतामा पुग्न’ सकून्।

उनले यदि दुवै पक्ष ‘युद्धविराम विस्तार गर्न र अर्को चरणको वार्ता गर्न’ सहमत भए यसलाई ‘सफलता’ मान्न सकिनेछ।

अमेरिका र इरानले मध्यपूर्वमा लडाइँ रोक्न दुई साताको युद्धविराममा सहमति जनाएका छन्। तर इजरायल र लेबनानमा हिजबुल्लाहबीच लडाइँ जारी छ।

अमेरिका र इजरायलले लेबनान सम्झौताको हिस्सा नभएको संकेत गरेका छन् भने वार्तामा प्रमुख मध्यस्थकर्ता इरान र पाकिस्तानले यसलाई समावेश गर्नुपर्ने बताएका छन्। -बीबीसी