काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२८ चैत्र २०८२
अ+
अ-

दाङ। दाङ भएको ‘दोस्रो मुख्यमन्त्री कप’ लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ।

शनिबार भएको फाइनल खेलमा पाल्पालाई ३-० को सोझो सेटमा पराजित गर्दै रुपन्देहीले उपाधि हात पारेको हो। रुपन्देहीले पहिलो सेटमा २५-१७, दोस्रो सेटमा २५-१८ र तेस्रो सेटमा ३०-२८ अंकले पाल्पालाई पराजित गरेको हो। उपाधिसँगै विजेता रुपन्देहीले नगद एक लाख रुपैयाँ, ट्रफी र मेडल हात पारेको छ भने उपविजेता पाल्पाले नगद ६५ हजार रुपैयाँ, सिल्ड, मेडल तथा प्रमाणपत्र हात पारेको छ।

प्रतियोगितामा रुकुम पूर्व तेस्रो र बर्दियाले चौथो स्थान प्राप्त गरे। तेस्रो स्थान प्राप्त रुकुम पूर्वले नगद ३५ हजार र चौथो स्थान प्राप्त बर्दियाले १५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ।