काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२९ चैत्र २०८२
अर्थमन्त्री स्वर्णिम वाग्ले।
अ+
अ-

काठमाडौँ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक गरिएको विवरणमा उनले आफूसँग ललितपुर र काभ्रेमा अपार्टमेन्ट तथा ललितपुर र तनहुँमा घर रहेको उल्लेख गरेका छन्।

त्यस्तै उनीसँग काठमाडौँमा तीन रोपनी, गोरखामा आठ रोपनी, चितवनमा ५ कट्ठा र तनहुँमा ६ रोपनी जग्गा रहेको बताएका छन् । उनीसँग ४५ तोला सुन पनि छ। वाग्लेसँग बैंकमा एक करोड ९० लाख नगद छ।

उनले सानिमा मिडल तमोर हाइड्रोमा ७१ हजार ९३ कित्ता र सांग्रिला डेभलपमेन्ट बैंकमा २५ हजार ७६२ कित्ता सेयर रहेको बताएका छन्। यो संस्थापक सेयर रहेको उनको भनाइ छ।

नेसनल फन्ड म्यानेजमेन्ट लिमिटेडमा ९० लाखको, ठूलो खोला हाइड्रोमा ६० लाखको र अपर मादी जिरो खोला हाइड्रोमा तीन करोडको सेयर रहेको बताएका छन्।