काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२९ चैत्र २०८२
अ+
अ-

इस्लामावाद । मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने उद्देश्यका साथ पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबीच भइरहेको उच्चस्तरीय शान्ति वार्ता रातभर जारी रहेको छ।

ह्वाइट हाउसका अनुसार द्विपक्षीय छलफल १५ घण्टाभन्दा बढी समयदेखि निरन्तर चलिरहेको छ।

पाकिस्तानको राजधानी इस्लावादमा जारी यो वार्तामा अमेरिकाका तर्फबाट उपराष्ट्रपति जेडी भान्स र इरानका तर्फबाट संसदका सभामुख मोहम्मद बाघेर गालिबाफ सहभागी छन्। दुवै देशका उच्च अधिकारीबीचको यो संवादलाई मध्यपूर्वको द्वन्द्व समाधानका लागि एक महत्त्वपूर्ण ‘ब्रेकथ्रु’ का रूपमा हेरिएको छ। पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले यस वार्तामा सहजकर्ताको भूमिका निर्वाह गरिरहेका छन्।

यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यस वार्ताको परिणामप्रति उदासीनता व्यक्त गरेका छन्। उनले भनेका छन्, “सम्झौता भए पनि वा नभए पनि मलाई केही फरक पर्दैन; जे भए पनि जित हाम्रै हुन्छ।”