काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२९ चैत्र २०८२
गृहमन्त्री सुधन गुरुङ।
अ+
अ-

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङको सम्पत्ति विवरणमा ६ किलो चाँदी र ८९ तोला सुन रहेको उल्लेख छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनले उक्त सुन-चाँदीलाई पैत्रिक सम्पत्तिका रूपमा देखाएका छन्।

सम्पत्ति विवरणमा गृहमन्त्री गुरुङले सेयर बजारमा पनि उल्लेख्य लगानी गरेको देखिन्छ। उनका नाममा कुल चार करोड ३१ लाख ५६ हजार २०० रुपैयाँबराबरको सेयर लगानी रहेको विवरणमा उल्लेख छ।

सम्पत्ति विवरणअनुसार होप होल्डिङ्स प्रालिमा ३० हजार कित्ता साधारण सेयर र लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिमा पाँच हजार ७०० कित्ता साधारण सेयर छ।

धितोपत्र बजारमा कारोबार हुने सेयरहरूमा मात्रै गृहमन्त्री गुरुङको दुई करोड ७४ लाख ५६ हजार २०० रुपैयाँबराबरको लगानी रहेको उल्लेख गरिएको छ।