काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२९ चैत्र २०८२
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। निर्मला फाउन्डेसनको आयोजनामा ‘एम्पुटी रनवे नेपाल २०२६’ सम्पन्न भएको छ।

दरबारमार्गस्थित क्लब प्लेटिनममा आयोजना गरिएको कार्यक्रममा २० ‘लिम्ब लेस’ व्यक्तित्वको सहभागिता थियो। ‘साइडलाइनबाट स्पटलाइटसम्म’ नारा दिइएको कार्यक्रम फेसन शो मात्र नभई आत्मविश्वास, क्षमता र पहिचान झल्काउने प्लेटफर्मका रूपमा रहेको आयोजकको दाबी छ।

सहभागीलाई दुई सातासम्म विभिन्न प्रशिक्षण, ग्रुमिङ र व्यक्तित्व विकासका कार्यक्रममार्फत तयार गरिएको थियो। शनिबार साँझ भएको
कार्यक्रममा कृत्रिम हातखुट्टा (प्रोस्थेटिक) प्रयोग गर्ने व्यक्तिहरूको हेरचाह र व्यवस्थापनबारे पनि जानकारी दिएको थियो। सहभागीले आफ्नो प्रतिभा, आत्मबल र संघर्ष प्रस्तुत गरेका थिए।

विश्वभर अप्रिललाई ‘लिम्ब लस अवेयरनेस मन्थ’का रूपमा मनाइने भएकाले यस कार्यक्रममार्फत सचेतना फैलाउने उद्देश्य छ। कार्यक्रममा विभिन्न पेसा र पृष्ठभूमिका महिला, पुरुष तथा अन्य सहभागी रनवेमा प्रस्तुत भएका थिए।

आयोजकका अनुसार सौन्दर्य पूर्ण शरीरमा मात्र सीमित नभई आत्मविश्वास, संघर्ष र पहिचानमा निहित हुन्छ। र्‍याम्पमा सहभागीले डिजाइनरको पहिरनसँगै आफ्नो प्रोस्थेटिकलाई कमजोरी होइन, शक्ति र पहिचानका रूपमा प्रस्तुत गरेका थिए।

हेर्नुहोस् थप तस्बिर :

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी