काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२९ चैत्र २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

दाङ। तुलसीपुर उपमहानगरपालिका १६‚ जहदागाउँमा रहेको इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (प्रहरी नायब उपरीक्षक) रेशम बोहोराका अनुसार अर्का एकजना सख्त घाइते भएका छन्।

स्थानीय सेवा इँट्टाभट्टाको पर्खाल आइतबार भत्किँदा त्यसमा च्यापिएर भारतको बहराइच जिल्लाका ३० वर्षीय तीर्थराम पासवानको मत्यु भएको हो।

बोहोराका अनुसार पर्खालमा च्यापिएर सोही स्थानका ३६ वर्षीय देशराज पासवान सख्त घाइते भएका हुन्।

देशराजको दाङमा प्राथमिक उपचार गरेर थप उपचाका लागि बाँकेको कोहलपुर शिक्षण अस्पताल पठाइएको छ।