काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलको २५ तोला सुनसहितको सम्पत्ति विवरण सार्वजनिक गरेकी छन्। उनले परिवारको आयआर्जन र उपहारबाट सुन संकलन भएको उल्लेख गरेकी छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा घरजग्गा, नगद सम्पत्ति देखाएकी हुन्।
उनले काठमाडौँको बूढानीलकण्ठ चपलीमा रहेको जग्गा, बारामा रहेको जग्गाको विवरण उल्लेख गरेकी छन्। उनले श्रीमानको आयबाट जग्गा किनेको उल्लेख गरेकी छन्।
रावलले विभिन्न बैंकमा २५ लाख ७८ हजार रुपैयाँ नगद मौज्दात रहेको खुलाएकी छन्। साथै विभिन्न कम्पनीमा सेयर रहेको पनि देखाएकी छन्। साथसाथै बैंकबाट ऋण लिएको पनि देखाएकी छन्। उनले पति प्रेम अर्यालको गाडी रहेको पनि सम्पत्ति विवरणमा खुलाएकी छन्।