काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

खिचिक्क

आइतबार पनि बिदा दिने सरकारी निर्णयसँगै काठमाडौँको वसन्तपुर दरबार स्क्वायर क्षेत्र गुलजार

२९ चैत्र २०८२
वसन्तपुर दरबार स्क्वायरमा देखिएको मानिसको भिड। तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। पछिल्लो समय पश्चिम एसियामा युद्ध चर्किएसँगै दक्षिण एसियाली मुलुकहरूमा इन्धन संकटको बढ्दै गएको छ।

युद्धका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको आपूर्ति प्रणालीमा प्रभाव परेसँगै पेट्रोलियम पदार्थको मूल्य बढेको छ। जसका कारण नेपाल सरकारले पनि पेट्रोलियम पदार्थको मितव्यी प्रयोगको विकल्पका रूपमा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय लिएको छ।

यसरी आइतबार पनि बिदा दिने सरकारी निर्णयसँगै काठमाडौँको वसन्तपुर दरबार स्क्वायर क्षेत्र गुलजार भएको छ। प्राय: शनिबार सर्वसाधारणको भिड लाग्ने धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थल वसन्तपुर दरबार स्क्वायरमा आज (आइतबार पनि मानिसको भिड लागेको छ।
हेर्नुहोस् थप तस्बिर :