भ्रमणमा उनीसँगै पूर्वमन्त्री एवं नेतृ हिसिला यमी पनि गएकी छन्। डा. भीमराव अम्बेडकरको जन्मजयन्तीको अवसर पारेर वैशाख १ गते आयोजना हुने यो व्याख्यानलाई बौद्धिक वृत्तमा विशेष महत्त्वका साथ हेरिएको छ।
विगत ११ वर्षदेखि चल्दै आएको यो कार्यक्रममा यसअघि भारतका उच्च पदस्थ व्यक्तित्व र विश्वप्रसिद्ध विद्वानहरूले सम्बोधन गरिसकेका छन्। ग्वालियरमा रहँदा भट्टराईले त्यहाँका विद्यार्थी, प्राध्यापक र अनुसन्धानकर्ताहरूसँग समसामयिक विषयमा अन्तरक्रिया समेत गर्ने कार्यतालिका छ।
ग्वालियरको कार्यक्रम सकिएलगत्तै डा. भट्टराई नयाँ दिल्ली प्रस्थान गर्नेछन्। वैशाख २ गते उनले साउथ एसियन युनिभर्सिटी (साउ) को सामाजिक विज्ञान संकायद्वारा आयोजित इन्टरडिसिप्लिनरी कन्भर्सेसनमा मुख्य सम्बोधन गर्ने बताइएको छ।
दुवै कार्यक्रम सकेर भट्टराई वैशाख २ गते साँझ नै नेपाल फर्किने तालिका रहेको छ।