काठमाडौँ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्ता असफल अमेरिका भन्दा धेरै इरानका लागि खराब खवर भएको बताएका छन् ।
लामो दिनसम्म चलेको वार्तापछि आयोजित पत्रकार सम्मेलनमा भान्सले भने, “खराब खबर यो हो कि हामी कुनै सम्झौतामा पुग्न सकेनौं। र मलाई लाग्छ, यो अमेरिका भन्दा धेरै इरानका लागि खराब खबर हो।”
इरानसँग कुनै सम्झौता नभएपछि पाकिस्तानको इस्लामाबादबाट अमेरिका फर्किन प्रस्थान गरेका छन्।
उनी एयर फोर्स टु विमानमार्फत अमेरिका फर्किरहेका छन्।