काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२९ चैत्र २०८२
अ+
अ-

तेहरान । इरानले अमेरिकासँगको शान्ति वार्ताका क्रममा वासिङ्टनलाई ‘अनावश्य माग’ र ‘अवैध दाबी’बाट पछि हट्न आग्रह गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले एक विज्ञप्ति जारी गर्दै वार्ताको सफलता विपक्षी पक्षको गम्भीरता र इमानदारीमा निर्भर रहने उल्लेख गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रवक्ता बकाईले हाल भइरहेको वार्तालाई ‘सघन’ भएको बताएका छन् । उनले अमेरिकालाई इरानको अधिकार र हित स्वीकार गर्न समेत आह्वान गरेका छन् । “जारी वार्ताको परिणाम विपक्षी पक्षले कति गम्भीरताका साथ लिन्छ र इरानका न्यायोचित सरोकारलाई कसरी सम्बोधन गर्छ भन्नेमा आधारित हुनेछ,” बकाईले भनेका छन् ।

वार्ताका क्रममा मुख्यगरी हर्मोज, इरानको आणविक कार्यक्रम र ‘इरानमा जारी युद्धको पूर्ण अन्त्य’ जस्ता गम्भीर विषयमा छलफल भएको हो ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पाकिस्तानको इस्लामावादमा आयोजना हुने पत्रकार सम्मेलनमार्फत यसबारे औपचारिक जानकारी दिएका छन्।