काठमाडौं । अमेरिका र इरानका उच्चस्तरीय प्रतिनिधिमण्डलबीच इस्लामाबादमा शान्ति वार्ता जारी छ । पाकिस्तानी अधिकारीहरूको सहभागितामा भइरहेको यो प्रत्यक्ष वार्ता दुवैपक्षको उच्चस्तरीय उपस्थितिका कारण सम्भव भएको महत्त्वपूर्ण प्रगति मानिएको छ।
तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताको नतिजाप्रति आफूलाई फरक नपर्ने बताएका छन् । उनले सम्झौता भए वा नभए पनि अमेरिका जित्ने दाबी गरेका छन् ।
यसैबीच अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुज क्षेत्रमा समुद्री बारुद हटाउने अभियान सुरु गरेको दाबी गरे पनि इरानले यसलाई कडाइका साथ अस्वीकार गरेको छ ।