काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको १५ तोला सुनसहित, नगद, घरजग्गाको सम्पत्ति विवरण देखिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आइतबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा सोविताले श्रीमान गृहेन्द्र घिमिरेको नाममा काठमाडौंमा घर, सासुससुराको नाममा चितवनमा घरजग्गा रहेको खुलाएकी छिन् ।
उनले विभिन्न बैंकमा गरी १० लाख रुपैयाँ बढी नगद रहेको देखाएकी छिन् । साथै विभिन्न बैंकबाट ऋण लिएकोसमेत उल्लेख गरेकी छिन् ।