काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२९ चैत्र २०८२
अ+
अ-

 इरान। इस्लामावाद पाकिस्तानको राजधानी इस्लामावादमा भएको उच्च स्तरीय वार्तामा इरानको ‘परमाणु अधिकार’ र ‘स्ट्रेट अफ होर्मुज’ को सुरक्षा मुख्य विवादको विषय बनेका छन्।

इरानी सरकारी सञ्चारमाध्यम प्रेस टिभीका अनुसार, अमेरिकी पक्षको “अत्यधिक र नाजायज माग” का कारण कुनै पनि सहमति हुन नसकी वार्ता टुङ्गिएको हो।

प्रेस टिभीले रिपोर्ट गरे अनुसार, २१ घण्टा लामो छलफलमा विशेष गरी स्ट्रेट अफ होर्मुजमा इरानको भूमिका र उसको परमाणु अधिकारका विषयमा दुई पक्षबीच कडा मतभेद देखिएको थियो। इरानले आफ्नो परमाणु कार्यक्रममा अधिकार सुरक्षित हुनुपर्ने र क्षेत्रीय सुरक्षाका विषयमा आफ्नो सार्वभौमिकताको सम्मान हुनुपर्ने अडान राखेको थियो।

वार्ताका क्रममा अमेरिकाले राखेका सर्तहरू इरानका लागि स्वीकार्य नभएको र अमेरिकाले एकतर्फी रूपमा आफ्ना मागहरू थोपर्न खोजेको इरानी पक्षको आरोप छ।

यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि इरानले अमेरिकी सर्तहरू नमानेका कारण सहमति हुन नसकेको बताएका थिए। दुवै पक्ष आ-आफ्नो अडानमा अडिग रहेपछि ऐतिहासिक मानिएको यो ‘इस्लामावाद वार्ता’ बिना कुनै ठोस निष्कर्ष अन्त्य भएको छ।