काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२९ चैत्र २०८२
फाइल फोटो
अ+
अ-

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले आफ्नो चलअचल सम्पत्ति विवरण सार्वजनिक गरेकी छन्।

आइतबार सार्वजनिक गरिएको मन्त्रिपरिषद् सदस्यहरूको सम्पत्ति विवरणअनुसार मन्त्री मेहताको नाममा महोत्तरीमा ८ बिघा जग्गा र उल्लेख्य परिमाणमा सुनचाँदी देखिएको हो।

विवरणअनुसार मन्त्री मेहताको महोत्तरीको बल्वा नगरपालिकामा ८ बिघा पुर्खैली जग्गा रहेको छ।

उक्त जग्गा सासु गंगा देवी महतो, ससुरा सुरेन्द्र प्रसाद सिंहको नाममा रहेको र सो सम्पत्ति पुर्खैली भएको विवरणमा उल्लेख छ।

चल सम्पत्तितर्फ मन्त्री मेहतासँग ३० तोला सुन र ५० तोला चाँदी रहेको छ। यसबाहेक एउटा हिराको औँठी रहेकाे विवरणमा उल्लेख  छ। उनको सानिमा बैंकमा १० लाख रुपैयाँ र माछापुच्छ्रे बैंकमा ६ लाख २३ हजार रुपैयाँ मौज्दात रहेको छ।

यसैगरी, मन्त्री मेहताले विभिन्न जलविद्युत कम्पनी र वित्तीय संस्थाहरूको सेयरमा समेत लगानी गरेकी छन्। उनले जीएचएल, एचडीएचपीसी, जीबीएलभी र निफ्रा लगायतका कम्पनीमा सेयर लगानी गरेको विवरण बुझाएकी छन्।

सवारी साधनको हकमा उनले २५ लाख रुपैयाँमा खरिद गरेको ग्रान्डआई १० कार प्रयोग गर्दै आएको उल्लेख छ।