काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

३० चैत्र २०८२
आशा भोसले।
अ+
अ-

काठमाडौं । भारतीय प्रसिद्ध गायिका आशा भोसलेको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ । मुम्बईको शिवाजी पार्कमा पूर्ण राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गरिनेछ ।

आइतबार ९२ वर्षको उमेरमा उनको निधन भएको थियो । आशा भोसलेका छोरा आनन्द भोसलेले भने, “अप्रिल १२ मा बिहान साढे १० बजेदेखि दिउँसो २ बजेसम्म ‘कसा ग्रान्डे’ भवनमा आएर आमा (आशा भोसले)लाई अन्तिम श्रद्धाञ्जली दिन सक्नेछन् ।”

आनन्दका अनुसार अन्तिम संस्कार दिउँसो ४ बजे गरिनेछ । “ठूलो जमघट हुने सम्भावना भएकोले त्यहाँ भीडभाड नगर्न म मानिसहरूलाई अनुरोध गर्दछु,” उनले भनेका छन् ।

आशा भोसलेलाई शनिबार साँझ हृदयघात भएपछि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । आइतबार उपचारका क्रममा उनको मृत्यु भएको थियो । बीबीसी