काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

३० चैत्र २०८२
सभामुख डोलप्रसाद अर्याल र उपसभामुख रुबीकुमारी ठाकुर।
अ+
अ-

काठमाडौँ। प्रतिनिधिसभा उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन्।

यही २७ चैतमा प्रतिनिधिसभा बैठकबाट निर्वाचित उपसभामुख ठाकुरले सिंहदरबारस्थित कार्यालयमा पुगेर पदबहाली गरेकी हुन्।

उनले आजै सभामुख डोलप्रसाद अर्यालसँग पहिलो औपचारिक भेट पनि गरिन्। सभामुख अर्यालले उपसभामुख ठाकुरलाई बधाई र शुभकामना दिनुभएको सभामुखको सचिवालयले जनाएको छ।