पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५१औँ मिनेटमा ओ’रेलीको गोलमार्फत सिटीले अग्रता लिएको थियो । ६ मिनेटपछि नै गुएहीले टोलीको अग्रता दोब्बर बनाए ।
डोकुले ६८औँ मिनेटमा सिटीका लागि तेस्रो गोल गरे ।
जितसँगै ३१ खेलमा ६४ अंक जोडेको सिटी दोस्रो स्थानमा कायम छ । पराजित चेल्सी ३२ खेलबाट ४८ अंकका साथ छैटौँ स्थानमा छ ।
आइतबारै सम्पन्न अन्य खेलमा सन्डरल्यान्डले टोटनहमलाई १–० तथा क्रिस्टल प्यालेसले न्यूक्यासल युनाइटेडलाई २–१ ले पराजित गरे । यसैगरी, नटिङघम फरेस्ट र एस्टन भिल्ला १–१ को बराबरीमा रोकिए ।