काठमाडौँ। ललितपुरस्थित चिडियाखानाभित्रको पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ।
३० चैत सोमबार बिहान डुबेको अवस्थामा एक व्यत्ति फेला परेका थिए।
डुबेको अवस्थामा भेटिएका ती पुरुषको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरले शवको पहिचान नभएको जनाएको छ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।