काठमाडौँ। समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्रका भाडा नतिर्ने २० संघ-संस्था र व्यवसायिक कबलमा ताला लगाएको छ।
परिषद्ले सात करोड ७९ लाख रुपैयाँभन्दा बढी बक्यौता उठ्न बाँकी रहेको जनाएको छ।
अनेरास्ववियु, रिपोर्टर्स क्लब नेपाललगायत संस्थाले लामो समयदेखि भाडा नतिरेको पाइएको छ। प्रधानमन्त्री कार्यालयको निर्देशनपछि ताला तालाबन्दी गरिएको हो।
रिपोर्टर्स क्लब साढे ७३ लाख रुपैयाँ तिर्न बाँकी छ। एक करोडभन्दा बढी भाडा तिर्न बाँकी रहेको राष्ट्रिय अपांग महासंघको कार्यालयमा पनि ताला लगाइएको छ। नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाको कार्यालयमा पनि तालाबन्दी गरिएको छ। महासंघले ३३ लाख रुपैयाँ तिर्न बाँकी छ।
यस्तै नेपाल फोटो पत्रकार महासंघले पनि परिषद्लाई भाडाबापत साढे २० लाख रुपैयाँभन्दा बढी तिर्न बाँकी छ। पत्रकार महासंघको कार्यालयमा पनि परिषद्ले ताला लगाएको छ।
हेर्नुहोस् थप तस्बिर :

यी हुन् भाडा तिर्न बाँकी २० संघ-संस्था र व्यवसायिकहरूका नाम :
