काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

३० चैत्र २०८२
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। नेपालकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मत्स्येन्द्रनाथको रथयात्रा यस वर्ष ८ वैशाखबाट सुरु हुँदै छ।

ललितपुरको पुल्चोक क्षेत्रमा अहिले रथ निर्माणको काम तीव्र रूपमा अघि बढिरहेको छ। परम्परागत शैलीमा काठको प्रयोग गरी निर्माण गरिने यो रथ करिब ६० फिट अग्लो हुन्छ।

यसलाई स्थानीय कालिगडहरूले विशेष धार्मिक विधिअनुसार तयार पारिरहेका छन्। रातो मत्स्येन्द्रनाथलाई काठमाडौँ उपत्यकामा वर्षा, सहकाल र अन्नका देवताका रूपमा पूजा गर्ने परम्परा छ। मत्स्येन्द्रनाथको आगमनसँगै खडेरी हट्ने र देशमा समृद्धि आउने धार्मिक विश्वास छ।
हेर्नुहोस् थप तस्बिर :