काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

३० चैत्र २०८२
अ+
अ-

धादिङ। लागुऔषध गाँजा र अफिमसहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पृथ्वीराजमार्गअन्तर्गत गजुरी गाउँपालिका-१, गजुरीबजारबाट बा ५ ख ७५३७ नम्बरको गाडीबाट २६८ किलो ४०० ग्राम गाँजा र २०० ग्राम अफिमसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गाडी चालक धादिङको नीलकण्ठ नगरपालिका-८ बस्ने २२ वर्षीय अमर विक र सिद्धलेक गाउँपालिका-५ का होमबहादुर विक रहेको प्रहरीले जनाएको छ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।