काठमाडौँ। प्रतिनिधिसभा सदस्य महावीर पुन आफैँले लेखेको पुस्तक बेच्दै मंगलबार काठमाडौँको बसपार्क क्षेत्र पुगेका छन्।
अविष्कार तथा अनुसन्धानकर्तासमेत रहेका पुनले आफ्नो पुस्तक ‘महावीर पुन‚ सम्झना, सपना र अविरल यात्रा’ पुस्तक बेच्दै गोंगबुमा रहेको बसपार्क क्षेत्र पुगेका हुन्।
उनी पुस्तक बिक्री गर्न बसपार्क क्षेत्रमा पुगेसँगै पुस्तक किन्ने र तस्बिर खिच्ने सर्वसाधारणको भिड लागेको थियो। हेर्नुहोस् थप तस्बिर :
