काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१ बैशाख २०८३
महाकाली नदी। फाइल तस्बिर
अ+
अ-

कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ७‚ जुडाका ४५ वर्षीय प्रकाशबहादुर सिंह महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन्। छिमेकीको मलामी गएका सिंह नदीमा नुहाउने क्रममा मंगलबार बेपत्ता भएका हुन्।

घटनापछि स्थानीय र सुरक्षाकर्मीले तत्काल खोजी कार्य सुरु गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा स्थानीय बासिन्दाको सक्रियतामा नदी क्षेत्रमा खोजी कार्य तीव्र बनाइएको छ।

सम्भावित स्थानमा गोताखोर परिचालन गरिएको प्रहरीले जनाएको छ।