मनाङ। मनाङको नासोँ गाउँपालिका ३‚ धारापानीमा ट्रक दुर्घटना भएको छ। ट्रक दुर्घटनामा चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा मर्स्याङ्दी गाउँपालिका ९‚ सिम्पानी बगैँचाका अन्दाजी ३७ वर्षीय रामबहादुर गुरुङ छन्।
मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको सिमेन्ट बोकेर बेँसीसहरदेखि मनाङको कोतोतर्फ जाँदै गरेको बा.प्र. ०६००१ क. ०४६१ नम्बरको ट्रक आज (मंगलबार) बिहान १० बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
गुरुङको शव परीक्षणका लागि प्रदेश अस्पताल लमजुङ लगिएको छ। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ।