काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र असन्तुष्ट नेताहरूसँग छलफल गर्ने भएका छन्।
पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार कांग्रेसले आन्तरिक असन्तुष्टि समाधान गर्न सभापति थापालाई संवादको जिम्मेवारी दिएको हो।
कांग्रेस पन्ध्रौँ महाधिवेशनको तयारीमा रहेकाले असन्तुष्ट सबै पक्षसँग छलफल गर्दै महाधिवेशन समयमै सम्पन्न गराउने उद्देश्यले यो जिम्मेवारी दिइएको उनले जानकारी दिए।
‘जो जिम्मेवारीमा छ, उसैको कर्तव्य सबैलाई मिलाएर अघि बढ्ने हो। पार्टीका पुराना अग्रज नेता तथा पूर्व पदाधिकारीसँग संवाद गर्दै पन्ध्रौँ महाधिवेशन समयमै सम्पन्न गर्न समन्वय गर्न सभापति थापालाई जिम्मेवारी दिइएको हो,’ चालिसेले भने।