काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२ बैशाख २०८३
अ+
अ-

काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल तथा आन्तरिक हवाई इन्धनको मूल्य वृद्धि गरेको छ। निगमले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार नयाँ मूल्य बिहीबार बिहान १२ बजेदेखि लागू हुनेछ।

नयाँ समायोजनअनुसार डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढाइएको छ भने आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरिएको छ। पेट्रोलको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ।

मूल्य वृद्धि पछि पहिलो वर्गका क्षेत्रमा डिजेल र मट्टितेलको खुद्रा मूल्य प्रतिलिटर २३४ रुपैयाँ ५० पैसा पुगेको छ। दोस्रो वर्गमा यसको मूल्य २३६ रुपैयाँ र तेस्रो वर्गमा २३७ रुपैयाँ कायम गरिएको छ।

यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २५१ रुपैयाँबाट बढेर २५६ रुपैयाँ पुगेको छ।