काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोलामा २ हजार ९ सयले बढेर तोलाको ३ लाख २ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ९९ हजार ८ सयमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको १५५ रुपैयाँले बढेर ५२२० मा कारोबार भइरहेको छ। यसअघि मंगलबार चाँदी तोलाको ५०६५ मा कारोबार भएको थियो।