काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२ बैशाख २०८३
अ+
अ-

तेहरान। एक वर्ष भन्दा लामो समयदेखि फ्रान्समा बन्दी बनाइएका इरानी नागरिक महदिह एस्फान्डियारी स्वदेश फर्केको इरानको सरकारी टेलिभिजनले बुधबार रिपोर्ट गरेको छ।

इरानले दुई फ्रान्सेली नागरिकहरूलाई रिहा गरेको एक हप्ता पछि उनलाई रिहा गरेको जनाइएको छ। प्यालेस्टिनी अधिकार कर्मीको रुपमा कार्यरत महदिह एस्फान्डियारी फ्रान्सको जेलबाट रिहा भएपछि इरान फर्केको जनाइएको छ। जासुसीको आरोपमा इरानी जेलमा तीन वर्ष भन्दा बढी समय बिताएका फ्रान्सेली नागरिक सिसिल कोहलर र ज्याक पेरिस फ्रान्स रिहा भएको एक हप्ता पछि एस्फान्डियारीको रिहाइ भएको हो।

यसअघि इरानले एस्फान्डियारीका लागि आदान-प्रदानको रूपमा दम्पतीलाई मुक्त गर्न सकिने सुझाव दिएको थियो। गत फेब्रुअरीमा फ्रान्सेली अदालतले उनलाई सामाजिक सञ्जालमा गरेको टिप्पणीमा आतंकवाद ठहर गरेको आरोपमा एक वर्षको जेल सजाय सुनाएको थियो। कोहलर र पेरिसलाई सन् २०२२ मे मा इरानमा पक्राउ गरी जासुसीको आरोपमा तीन वर्षभन्दा बढी जेलमा राखे पछि गत नोभेम्बरमा रिहा गरिएको थियो।