काठमाडौँ। गृहमन्त्री सुधन गुरुङसँग नेपालका लागि जापानका राजदूत मायदा तोरूले भेटवार्ता गरेका छन्।
गृह मन्त्रालयमा बुधबार भएको भेटमा राजदूत तोरूले गृहमन्त्री गुरुङलाई बधाई र सफल कार्यकालका लागि शुभकामना दिएका थिए।
भेटका क्रममा नेपाल र जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण तथा ऐतिहासिक सम्बन्ध, जापान सरकारले नेपालको आर्थिक तथा सामाजिक विकासमा पुर्याएको योगदानबारे छलफल भएको छ।
दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप सुमधुर तथा सुदृढ गदै थप सहकार्य गर्न तत्पर रहेको गुरुङ र तोरूले व्यक्त गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।