काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२ बैशाख २०८३
अ+
अ-

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालयलाई प्रयोगमा रहेका सवारीसाधनहरूको विस्तृत विवरण बिहीबारसम्म पठाउन निर्देशन दिएको छ।

सचिवस्तरीय निर्णयअनुसार मन्त्रालय तथा अन्तर्गतका विभाग र कार्यालयहरूमा सञ्चालनमा रहेका तथा मर्मत भइरहेका दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनको विवरण अनिवार्य रूपमा पठाउन भनिएको हो।

निर्देशनमा सवारीसाधनको ब्रान्ड र मोडेल, नम्बर प्लेट, गियर प्रणाली तथा इन्धनको प्रकार (डिजेल, पेट्रोल वा विद्युतीय) स्पष्ट रूपमा उल्लेख गर्न भनिएको छ। साथै, सवारी प्रयोग गर्ने व्यक्तिको नाम, पद र सवारीसाधनको वर्तमान अवस्थासमेत खुलाउनुपर्ने उल्लेख गरिएको छ।