काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२ बैशाख २०८३
अमृत झा।
अ+
अ-

काठमाडौँ । इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा भएका छन् । उनलाई बुधबार रिहा गरिएको जानकारी प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

झा इजरायल-अमेरिका र इरानबीच तनाव बढ्नु अघि इन्धन ढुवानीको कार्यका लागि इरान पुगेका थिए ।

दुबईस्थित एक समुद्री यातायात कम्पनीमा क्याप्टेनको रूपमा कार्यरत उनी तेल लिएर फर्किने क्रममा नियन्त्रणमा परेका थिए ।

दुई वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका झा ‘ब्ल्याक सी मरिन एलएलसी’ नामक कम्पनीको जहाजमा कार्यरत रहेको जनाइएको छ ।

उनीसँगै अन्य केही भारतीय नागरिकसमेत नियन्त्रणमा परेका थिए ।