काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२ बैशाख २०८३
तस्बिर : प्रधामनमन्त्रीको सचिवालय
अ+
अ-

काठमाडौँप्रधानमन्त्री वालेन्द्र शाहले सबै पार्टीबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँगआज बुधबार अन्तरक्रिया गर्ने भएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार कार्यक्रम बुधबार मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने छ।

कार्यक्रममा सांसदहरूले आ-आफ्ना क्लस्टरका समस्या, चुनौती तथा समाधानका उपायबारे प्रत्यक्ष रूपमा धारणा प्रस्तुत गर्नेछन्।

अन्तरक्रियामार्फत जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष संवाद स्थापित गरी नीति निर्माण तथा कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको छ।

कार्यक्रमलाई सुशासन, उत्तरदायित्व र जनमुखी शासन प्रणाली सुदृढ गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।