काठमाडौँ। मन्त्रालयहरूलाई गाडीको विवरण पठाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्देशन दिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रशासन शाखाका शाखा अधिकृत आनन्दराम श्रेष्ठद्वारा बुधबार जारी पत्रमा दुईपांग्रे र चारपांग्रे गाडीको विवरण पठाउन भनिएको हो।
यसबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवस्तरीय निर्णय बुधबारै भएको थियो। “तहाँ मन्त्रालय र अन्तर्गत विभाग/कार्यालयमा प्रयोगमा रहेको र मर्मत कार्य भइरहेका दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनहरूको विवरण देहायबमोजिम तयार गरी यस कार्यालयमा मिति ०८३/०१/०३ कार्यालय समयभित्र प्राप्त हुने गरी पठाउने व्यवस्था हुन मिति २०८३/०१/०२ को (सचिवस्तर) निर्णयानुसार अनुरोध छ‚” पत्रमा उल्लेख छ।
सबै मन्त्रालयलाई बिहीबार (भोलि) कार्यालय समयभित्र सवारीसाधनहरूको पठाउन समय दिइएको छ।
