काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ।
पार्टीका अनुसार बैठक बिहीबार दिनको १२ः १५ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकका दुई कार्यसूची तय गरिएको छ।
जसअनुसार बैठकमा संसदीय समितिहरूको सभापति निर्वाचन सम्बन्धमा छलफल गरिनेछ भने अन्य विविध विषय पनि कार्यसूची रहेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।