काठमाडौँ। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको आउटडोर पौडीपोखरी सर्वसाधारणका लागि सञ्चालनमा आएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत प्रशासन विभाग प्रमुख भोजानन्द राईले पूजा गरेपछि पौडीपोखरी बुधबारदेखि सञ्चालनमा आएको हो। यस अवसरमा आपूर्ति तथा भण्डार शाखाका प्रमुख देवराज कटवाल, अन्तर्राष्ट्रिय खेलकुद परिसरका प्रमुख लीलाराम बस्नेतलगायतको उपस्थिति थियो।

सातदोबाटोमा रहेको पौडी पोखरी।
हरेक दिन पौडीपोखरी १०-१२, १-३ र ४-७ बजेसम्म गरी तीन सिफ्टमा सञ्चालन हुनेछ। पहिलो र दोस्रो सिफ्टका लागि दुई सय तथा तेस्रो सिफ्टका लागि २५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ। ज्येष्ठ नागरिक र फरक क्षमता भएका लागि विशेष छुटको व्यवस्था गरिएको छ।
जाडोयाममा नियमित बन्द हुने आउटडोर पोखरी गत १० असोजदेखि बन्द गरिएको थियो। आउटडोर पोखरीको छेउमै रहेको हिटिङ पौडी पोखरी भने नियमित रुपमा सञ्चालन हुँदै आएको छ।