काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। रमजानको अवसरमा युनाइटेड अरब इमिरेट्स (यूएई) ले १२८ नेपालीलाई आममाफी दिएको छ।

“पवित्र रमजानको शुभ अवसरमा १२८ जना नेपाली कैदीहरूलाई माफी दिएकोमा नेपाल सरकार युनाइटेड अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार र कृतज्ञता व्यक्त गर्दछ,” परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

नेपाल सरकारले यूएईको अबुधाबीस्थित नेपाल दूतावासमार्फत अनुरोध गरेपछि १२८ नेपाली कैदीलाई माफी दिइएको परराष्ट्रले बताएको छ।

आममाफी दिएकोमा नेपाल सरकारले यूएईप्रति कृतज्ञता प्रकट गरेको छ।