वासिंटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई हतियार नदिन चीनलाई पत्र लेखेको खुलासा गरेका छन्।
ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै चीनले इरानलाई हतियार नपठाउन सहमति जनाएको दाबीसमेत गरेका छन्।
यसअघि फक्स न्युजलाई ट्रम्पले भनेका थिए, “जब मैले चीनले इरानलाई हतियार नपठाएको रिपोर्ट पाएँ, मैले राष्ट्रपति सी जिनपिङलाई त्यसो नगर्न आग्रह गर्दै पत्र लेखेको थिएँ।”
ट्रम्पको अनुरोधपछि आफूहरूले त्यस्तो नगरेको चिनियाँ राष्ट्रपति सीले आश्वस्त पारेका थिए। “चीनले त्यसो गरिरहेको छैन‚” सीको भनाइ छ।
ट्रम्पले इरानसँगको २०१५ को आणविक सम्झौतालाई ‘अहिलेसम्मकै खराब सम्झौता’ भनेका छन्। उनले भने, “यो सम्झौताले इरानलाई आणविक हतियार खरिद गर्ने छोटो बाटो दियो।”
ट्रम्पले थप यो पनि भने, “यदि संयुक्त राज्य अमेरिकाले गत वर्ष इरानको आणविक स्थलहरूमा बम विस्फोट नगरेको भए, इरानले इजरायल, यसका छिमेकीहरू र संयुक्त राज्य अमेरिकाविरुद्ध आणविक हतियार प्रयोग गर्ने थियो।”
ट्रम्पले इरानलाई हतियार दिए संसार नष्ट हुने दोहोर्याए। उनले भने‚ “यदि इरानलाई आणविक हतियार दिइयो भने संसार नष्ट हुनेछ।” -बीबीसी