काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

३ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफलमा जुटेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रधानमन्त्री र मुख्यमन्त्रीहरूबीच छलफल सुरु भएको हो ।

छलफलमा विकास निर्माणका कार्यलाई तीव्रता दिने, स्रोत–साधनको समुचित बाँडफाँट सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका विभिन्न प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा केन्द्रित रहने प्रधामन्त्री कार्यालयले जनाएको छ।

प्रधानमन्त्रीले यसअघि सबै दलका प्रत्यक्ष र समानुपातिकतर्फका सांसदहरूसँग क्षेत्रगत समस्याको विषयमा छलफल गरिसकेका छन्।

हेर्नुहोस् तस्बिरहरू : 

तस्बिर : प्रधानमन्त्रीको सचिवालय