काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

३ बैशाख २०८३
गृहमन्त्री सुधन गुरुङ।
अ+
अ-

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणका सम्बन्धमा सार्वजनिक भएका टिप्पणीको प्रस्टीकरण दिएका छन्।

सिंहदरबारमा बिहीबार सञ्चारकर्मीसँग उनले आफ्नो सम्पत्तिबारे आएका समाचारको खण्डन गर्दै सार्वजनिक विवरणमा उल्लेखित सम्पत्ति आफ्नो हजुरबुबाको पालाको भएको बताएका छन्। उनले परिवारमा अहिलेसम्म अंशबन्डा नभएको पनि बताएका छन्।

उनले भने, “अविभाजित अवस्थामा रहेको पारिवारिक सम्पत्तिलाई नै कानुनी प्रक्रियाअनुसार विवरणमा समावेश गरेको हुँ।” उनले पैतृक सम्पत्तिको विषयलाई लिएर अनावश्यक भ्रम सिर्जना नगर्न सञ्चारमाध्यम र सर्वसाधारणमा अनुरोध गरेका छन्।